Logo

च्याम्पियन्स लिगमा डिबालाको गोलमा युभेन्टस विजयी



Spread the love

११ मंसिर, काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ ।

एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।

अघिल्लो खेलमा विश्राम पाएका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मैदानमा पुरै समय बिताएपनि गोल गर्न सकेनन् ।

समूहमा अपराजित रहेको युभेन्टसको ५ खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्