Logo

च्याम्पियन्स लिगमा रियल म्याड्रिड पीएसजीसँग बराबरीमा रोकियो



Spread the love

११ मंसिर, काठमाडौं । घरेलु मैदानमा रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ । रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकिएको हो । रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ भने अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ ।

बेन्जिमाले १७ औं मिनेटमा रियाललाई अग्रता दिलाए । ७९ औं मिनेटमा बेन्जिमाकै गोल मार्फत रियलले अग्रता दोब्बर बनायो । लगत्तै २ मिनेटपछि पीएसजीले रियालको अग्रता घटायो । पीएसजीका युवा स्टार केलियन एमबाप्पेले टोलीका लागि पहिलो गोल गरे । २ मिनेट लगत्तै पाब्लो सर्बियाले गोल गर्दै रियालको अग्रता बराबरी पारे । बाँकी समय दुबैले गोलका अबसर सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाए ।

पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ ‌। रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्