Logo

डर्टमन्डलाई पराजित गर्दै बार्सिलोना नकआउट चरणमा प्रवेश



Spread the love

१२ मंसिर, काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले डर्टमन्डलाई ३–१ ले पराजित गर्दै समूह ‘एफ’ च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।

नोउ क्याम्पमा खेलको २९औं मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा लुइस सुआरेजको गोलमार्फत बार्सिलोनाले अग्रता बनायो । ३३औं मिनेटमा सुआरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलायो । मेस्सीको पासमा ६७औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि बार्सिलोनाले ३–० ले अग्रता बनायो । ७७औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना ३–१ ले विजयी रहन सफल भयो ।

अपराजित बार्सिलोनाको ५ खेलबाट ११ अंक बटुलेको छ । बार्सिलोनासँगको हारसँगै डर्टमन्डको नकआउट चरणमा पुग्ने सम्भावना यथावतै छ ।

प्रतिक्रिया दिनुहोस्