Logo

पनिर्वाचन २०७६ : दुई मतदानस्थलमा तीन केन्द्र



Spread the love

१३ मंसिर, लमजुङ – सुन्दरबजार गाउँपालिका–२ परेवाडाँडामा वडाध्यक्ष पदका लागि शनिबार हुने उपनिर्वाचनमा दुई मतदानस्थलमा तीन केन्द्रको व्यवस्था गरिएको छ । महेन्द्र मन्दिर माविमा दुई तथा कान्ति मन्दिर मावि पुर्काङमा एउटा केन्द्र राखिएको छ ।

महेन्द्र मन्दिर माविमा एक हजार २३२ तथा कान्ति मन्दिरमा एक हजार ६५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले जानकारी दिइन् । तत्कालीन वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि सो पद रिक्त थियो । महेन्द्र मन्दिर मावि ‘क’मा विष्णुप्रसाद पौडेल, ‘ख’मा शुभाष भण्डारी र कान्ति मन्दिरमा जगतबहादुर भण्डारी मतदान अधिकृत रहेका छन् ।

वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गल नेशनल अर्गनाइजेशन पार्टी र स्वतन्त्र गरी पाँच उम्मेदवार चुनावी मैदानमा छन् । नेकपाका तर्फबाट नवीन श्रेष्ठ, काँग्रेसका तर्फबाट प्रकाश सेढाईं, राप्रपाका तर्फबाट पवनराज बसौला, नेशनल अर्गनाइजेशनका तर्फबाट रामजी दर्जे र स्वतन्त्र कृष्णबहादुर केसी उम्मेदवार छन् । उक्त वडामा एक हजार १९० महिला र एक हजार १०७ पुरुष मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्