Logo

चितवनमा शान्तिपूर्वक मतदान जारी, ४० प्रतिशत मत खस्यो



Spread the love

१४ मंसिर, चितवन। स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वडा वडामा जारी मतदानमा अहिले दिउसो १२ बजेसम्म ४० प्रतिशन भन्दा धेरै मत खसेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं. १६ , खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ मा भएको निर्वाचनमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयलका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।

विहान ७ बजेदेखि सुरु हुने भनिएपनि ७ः३० बजेबाट मात्र मतदान सुरु भएको थियो । तीनवटा स्थानमा भएको निर्वाचन अहिलेसम्म शान्ति पूर्वक सञ्चालन भइराखेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । मतदानामा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ । निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भरतपुर १६ मा तीन वटा मतदान स्थलमा मतदान जारी छ । जसअन्तरगत मध्यान्ह १२ बजसम्म वडा कार्यालय भवन मोहनपुर केन्द्रमा आठसय मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा एकहजार मत, मावि ढड्डाघारीमा एकहजार एकसय मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्