Logo

मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलले बोक्ने



Spread the love

१४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।

राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले मार्च पासमा झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो ।

तर, कार्यकरी समितिले भने कमललाई झण्डा बोक्ने जिम्मेवारी दिने निर्णय गरेको छ । खेलाडीमा सपथ लिनेमा आयशाको नाम सिफारिस भएकोमा उनले नै उक्त जिम्मेवारी पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्