Logo

एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लियो



Spread the love

१६ मंसिर, काठमाडौं । एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो ‌।

खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । यस जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोना र रियल म्याड्रिडको समान अंक भएपनि गोलअन्तरको आधारमा बार्सिलोना अगाडि छ । दुवै टोलीले १४ खेलमा ३१ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्