Logo

बागलुङको भीमगिठेमा जीप दुर्घटना, १४ जनाको मृत्यु



Spread the love

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

१८ जना सवार रहेको जिपमा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्