Logo

ऐरीको आक्रामक अर्धशतकमा नेपालले दियो श्रीलङ्कालाई १७३ रनको लक्ष्य



Spread the love

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलङ्कालाई १७३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १७२ रन लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले खराब सुरुवात गर्यो । पारस खड्का व्यक्तिगत एक रनमा आउट भए भने आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भएका थिए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर नेपालको पारी उकास्ने क्रममा दुवैले ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए ।

त्यसपश्चात ऐरीले पवन शर्राफसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलको सामना गर्दै २२ रन बनाएर आउट भए । दीपेन्द्र ७२ रनमा अविजित रहे । श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्