Logo

साग महिला भलिबल: स्वर्णका लागि नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै



Spread the love

१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज स्वर्णको लागि प्रतिस्पर्धा हुदैछ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले स्वर्णको लागि भारतसंग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वस्थित राखेप कभर्डहलमा खेल ४ बजेपछि सुरु हुनेछ ।

बलियो भारतलाई पराजित गर्दै नेपाल साग महिला भलिबलमा पहिलो ऐतिहासिक स्वर्ण जित्ने रणनीतिमा हुनेछ । फाइनल पुगेर इतिहास बनाइसकेको नेपाल थप अर्काे उपलब्धिको खोजीमा रहनेछ ।

नेपाल सागको महिला भलिबलमा पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि नेपाल सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन ।

भारत घरेलु समर्थक र घरेलु कोर्टमा नेपाललाई स्तब्ध पार्दै लगातार स्वर्ण आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्