Logo

साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित



Spread the love

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा विना विकेटको नोक्सानीमा पुरा गर्यो ।

बंगलादेशकी ओपनर मुर्सिदा खातुन २३ र आयशा रहमान २६ रनमा अविजित रहिन । त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भएको थियो ।

कप्तान रुबिना क्षेत्री बेलबासे र सोनु खड्काले २० रनको साझेदारी गरेका थिए । नेपालको विकेट पतन निरन्तर चलिरह्यो । इन्दु बर्मा १०, ममता चौधरी १, करुण भण्डारी सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन् । अप्सरी बेगम ५ रनमा आउट भइन् । बंगलादेशकी रबेया खानले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् ।

जहानारा आलमले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । सलमान खातुन, नैहिदा अख्तर र फहिम खातुन १-१ विकेट लिइन् । नेपालले तेस्रो तथा अन्तिम खेल शुक्रवार श्रीलंकासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्