Logo

कप्तान ज्ञानेन्द्रको विष्फोटक शतकमा नेपालले दियो भुटानलाई २३७ रनको लक्ष्य



Spread the love

१९ मंसिर, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको शतकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानलाई २ सय ३७ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ३६ रन बनायो । टि ट्वान्टी क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै उच्च योगफल हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक प्रहार गरे ।

नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्र भुटानी बलरहरु सामु हाबी रहे । पारस २८ बलमा ५७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाउन सके । त्यसपछि दिपेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्