Logo

ओरिगीको दुई गोलमा लिभरपुलको सानदार जित



Spread the love

१९ मंसिर, काठमाडौं । मार्सिसाइड डर्बी भिडन्तमा लिभरपुलले एभर्टनमाथि प्रभावशाली जित हात पारेको छ । पहिलो हाफमै ६ गोल भएको खेलमा लिभरपुलले एभर्टमाथि ५–२ को सानदार जित निकालेको हो ।

एनफिल्डमा लिभरपुललाई जिताउन ओरिगीको दुई गोल सँगै जदरान साकिरी, साडियो माने र जर्जिन्हओ विजनल्डमले गोल गरे । एभर्टनका माइकल किन र रिचार्लीसनले गोल गरे ।

जितसँगै अपराजित रहेको लिभरपुलले शीर्षस्थानलाई थप पकड बनाएको छ । लिभरपुलको १५ खेलबाट ४३ अंक पुगेको छ । पराजित एभर्टन १४ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्