Logo

फ्रेन्च लिग वानमा नेयमार र एमबाप्पेको गोलसँगै पीएसजी विजयी



Spread the love

१९ मंसिर, काठमाडौं । स्टार फरवार्डद्धय नेयमार र केलियम एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । पीएसजीले नान्टेसमाथि २–० को जित हात पारेको हो ।

घरेलु मैदानमा पीएसजीले ५२औं मिनेटमा एन्जल डि मारियाको पासमा ब्याकहिलमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

८५औं मिनेटमा नेयमारले पेनाल्टी गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । निकोलस पालोसिसले इकार्डीलाई फल गरेपछि पेनाल्टी पाएको थियो ।

जितसँगै पीएसजी १५ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नान्टेस २३ अंक जोडेर नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्