Logo

प्रिमियर लिगमा अब्राहम र मेसनको गोलमा चेल्सी विजयी



Spread the love

१९ मंसिर, काठमाडौं । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काए ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लियो । ४१औं मिनेटमा ट्रेजेग्वेटले बराबरी गोल फर्काएका थिए । अब्राहमको पासमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

चेल्सीको १५ खेलबाट २९ अंक पुगेको छ । पराजित भिल्ला १५ अंकसहित १५औं स्थानमा छ । प्रिमियर लिगको अन्य खेलमा वल्भ्सले वेस्ट ह्यामलाई २–० ले तथा साउथह्याम्पटनले नर्विच सिटीमाथि २–१ को जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्