Logo

प्रिमियर लिग रासफोर्ड चम्कँदा म्यानचेस्टर युनाइटेड विजयी



Spread the love

१९ मंसिर, काठमाडौं । मार्कुस रासफोर्ड चम्कदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । युनाइटेडले टोटेनहममाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा माकर्सस रासफोर्डको गोलबाट घरेलु टोलीले अग्रता कायम गर्यो । ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो ।

४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा म्यानचेस्टर विजयी हुन सफल भयो ।

जितसँगै युनाइटेड १५ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २० अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्