Logo

शीर्षस्थानको लिभरपुललाई पछ्याउँदै लेस्टर सिटी



Spread the love
 

१९ मंसिर, काठमाडौं । लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदै शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको छ । बुधबार राति वाटफोर्डमाथि २–० को जित निकाल्दै लेस्टरले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानको लिभरपुललाई पछ्याइरहेको हो ।

किङ पावर स्टेडियममा घरेलु टोलीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले गोल गरे । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा लेस्टरले दुई गोल गर्न सफल भएको थियो ।

शीर्षस्थानको लिभरपुलको १५ खेलबाट ४३ अंक छ । समान खेलबाट लेस्टरको ३५ अंक छ । म्यानचेस्टर सिटीको समान खेलबाटै ३२ अंक छ । पराजित वाटफोर्ड ८ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्