Logo

पाल्पामा जिप दुर्घटना, दुई जनाको मृत्यु



Spread the love

१९ मंसिर, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका-५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट २ सय मिटर तल खोलामा खसेको हो । जिपमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस्