Logo

‘दि कर्मा’को टिजर सार्वजनिक, यस्तो अवतारमा करण (हेर्नुहोस् टिजरमा)



Spread the love

देवकुमार श्रेष्ठले निर्देशन तयार भएको चलचित्रलाई ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

निर्माता जयराज रायको लेखन रहेको यो चलचित्रले नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ । चलचित्रको मुख्य भूमिकामा नायिका द्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गानाको साथमा नायक करण बर्मा र अभिनेता बुद्दी तामाङलाई लगायका कालाकार रहेका छन् ।

यस चलचित्रबाट नायक करण बर्माले डेब्यु गरेका छन् भने बर्मा एक्सन अवतारमा देखाइएको छ । भारतीय कलाकार करणको अभिनयका कारण पनि यसलाई धेरैले चासोपूर्वक हेरेका छन् । यसै गरी चलचित्रमा नायिका राणाले बोल्ड भूमिका निभाएको पनि देख्न सकिन्छ ।

रामेश्वर कार्कीद्वारा छायाङ्कन रहेको चलचित्रमा सुशील पोखरेलको पटकथा तथा संवाद छ । यही माघ १७ गते देखि देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् टिजर:

https://youtu.be/b4XSFXXvQPo

 

प्रतिक्रिया दिनुहोस्