Logo

साग पुरुष क्रिकेट: बंगलादेशविरुद्ध पराजित भएसँगै नेपाल स्वर्णको प्रतिस्पर्धाबाट बाहिरियो



Spread the love

२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश यू–२३ सँग ४४ रनले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको नोक्सानीमा १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेलले ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३/३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् । बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २/२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ६ विकेटको नोक्सानीमा १५५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्