Logo

साग पुरुष फुटबल: माल्दिभ्सलाई पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो



Spread the love

२१ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल राष्ट्रिय यू२३ फुटबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ । शनिबार माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

नेपालको जितमा अभिषेक रिजाल र अनन्त तामाङले गाेल गरेका थिए । माल्दिभ्सका लागि इब्राहिम महुदी एक गोल गरे । पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै अग्रता दिलाएका थिए । तर ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले बराबरी गोल फर्काए । खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेका हुन् । त्यसपश्चात थप गोल हुन नसक्दा नेपाल विजयी भयो ।

यस नतिजासँगै नेपाल ३ खेलमा ७ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा छ । माल्दिभ्स ४ खेलमा २ अंक जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब फाइनल पुग्न नेपालले अन्य नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्