Logo

साग महिला फुटबल : नेपाली टोलीलाई पुन: एकपटक इतिहास रच्ने अवसर



Spread the love

२३ मंसिर, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २ बजे सुरु हुनेछ ।

नेपालले अघिल्लो वर्ष भारतमै भएको हिरो गोल्डकपमा भारतलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यसयता नेपाल र भारतबीच नेपालमै‌ पनि खेल भयो,‌‌‌ तर दुर्भाग्यवश नेपाल फाइनलमा पराजित हुन पुग्यो ।

नेपाली टोलीलाई पुन: एकपटक इतिहास रच्ने अवसर रहेको छ । भारतलाई हराउन सके नेपालले महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने छ ।

प्रतिक्रिया दिनुहोस्