Logo

न्यूजिल्याण्डको व्हाइट टापूमा ज्वालामूखी विस्फोट हुँदा सैयाैं पर्यटक बेपत्ता



Spread the love

२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डको व्हाइट टापूमा ज्वालामूखी विस्फोट हुँदा कम्तीमा १०० जना मानिस हराइरहेका छन्। व्हाइट टापूमा सोमबार बिहानै ज्वालामूखी विस्फोट भएको हो।

विस्फोटमा फसेकामध्ये एकजनाको शव भेटिएको छ। सो क्षेत्रबाट अहिलेसम्म २५ जना मानिसहरुलाई उद्दार गरिएको छ। ज्वालामूखी विस्फोटका बेला सो टापुमा निकै धेरै पर्यटकहरु पुगेका र सबैको विवरण प्राप्त नभएको न्यूजिल्याण्ड सरकारले जानकारी दिएको छ।

स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्कविहीन भएको बताएका छन् । उद्धार गरिएकामध्ये अधिकांशको शरीर जलेको छ र कतिपयको अवस्था गम्भीर छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

न्यूजिल्याण्डको उत्तरतर्फ पर्ने ह्वाइट आइल्याण्ड ह्वाकारी भनेर पनि चिनिन्छ । यो देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी भएको क्षेत्र हो । सक्रिय ज्वालामुखी भए पनि यो पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्