Logo

साग पुरुष फुटबल: स्वर्ण पदकका लागि आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै



Spread the love

 

२४ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ । दशरथ रंगशालमा खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे शुरु हुनेछ ।

दुई पटकको स्वर्ण विजेता नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ । एक त घरेलु दर्शक र मैदान हुने खेलमा आम नेपालीलाई जितको उपहार पस्कनु हुनेछ भने अर्कातर्फ लगातार फाइनलमा दोस्रो उपाधी आफ्नो पोल्टामा पार्ने अवसर पनि ।

भुटानका लागि त यो फाइनल नै ऐतिहासिक अवसर बनिसकेको छ । पहिलो पटक फाइनल खेल्न लागेको भुटानले दक्षिण एशियाका हस्तीहरु बंलादेश र श्रीलंकालाई पछि पारेर रजत पदक त पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्