Logo

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीद्वारा सांसद पराजित



Spread the love

२४ मंसिर, काठमाडौं । संसद सेवा दिवसको अवसर पारेर गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीले सांसदहरुको टोलीलाई पराजित गरेको छ । साग अन्तर्गत फुटबलको फाइनल खेलपूर्ण दशरथ रंगशालामा भएको खेलमा ४–० गोल अन्तरले पराजित गएको हो ।

३० मिनेटको सो प्रतिस्पर्धामा संघीय संसदका नायव सुब्बा निरज पन्थीले १ गोल र हलुका सवारी चालक राजेन्द्र महर्जनले २ गोल गरेका थिए ।

सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए। संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्