Logo

भुटानबिरुद्धको खेलका लागि नेपालको सुरूवाती ११ सार्वजनिक



Spread the love

२४ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज नेपालले भुटानको सामना गर्दैछ । त्यसको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल, अभिशेख रिजाल, अनन्त तामाङ, विकाश खवास, मिक्चेन तामाङ र विकेश कुथु रहेका छन् ।

आजको खेलमा रेजिन सुब्बाको भने उपस्थिति रहने छैन । उनले बंगलादेश विरुद्धको खेलमा दोस्रो पहेलो कार्ड खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्