Logo

च्याम्पियन्स लिगमा फातीको कीर्तिमानसँगै बार्सिलोना विजयी



Spread the love

२५ मंसिर, काठमाडौं । बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

मिलानको घरेलु मैदानमा २-१ को जित निकाल्ने क्रममा फातीले गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । यससँगै फातीले च्याम्पियन्स लिगकै इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनी च्याम्पियन्स लिगमा गोल गर्न सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

त्यसअघि बार्सिलोनाले २३ औं मिनेटमा कार्लेस पेरेजको गोलमार्फत अग्रता बनाएको थियो । इन्टरले ४४ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बराबरी गोल फर्कायो । जित दर्ता गर्न नसकेपछि घरेलु टोली इन्टरको च्याम्पियन्स लिग यात्रा भने सकिएको छ ।

अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्लाभिया प्रागमाथि २-१ को जित दर्ता गर्यो । यस नतिजासँगै बार्सिलोना समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने इन्टर समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्