Logo

समूह विजेता बन्दै लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा



Spread the love

२५ मंसिर, काठमाडौं । इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

लिभरपुलले ५७औं मिनेटमा साडियो मानेको पासमा नावी केइटाको गोलबाट अग्रता बनाएको थियो । लगत्तै ५८औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल लिभरपुलले २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।

समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको इटालियन क्लब नेपोली उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । साल्जवर्गले ७ तथा जिन्कले १ अंक जोड्यो । यही समूहको अर्काे खेलमा नेपोलीले जिन्कलाई ४–० ले पराजित गर्दा मिलिकले ह्याट्रिक पुरा गरे ।

प्रतिक्रिया दिनुहोस्