Logo

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, चार घाइते



Spread the love

२५ मंसिर, कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस दाउरा गर्न गएका स्थानीयहरु जंगली हात्तीको आक्रमणमा परेका छन् । जंगली हात्तीको आक्रमणबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् ।

महाकाली नगरपालिकाका हुलिदेवी बोहोरा र बसन्ती भट्टको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट ललिता बोहोरा, सुनिता बिष्ट, उमा साउद र सरिता ओझा रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्