Logo

सजिलै यसरी घरमै बनाउनुहोस् चिकेन थुक्पा!



Spread the love

जाडोमा तातो पोषकतत्वले भरिएको थुक्पा खाँदा जाडो त्यसै भागेर शरीर न्यानो हुने गर्छ । बजारमा सजिलै किन्न पाइने विभिन्न सब्जीहरूको प्रयोग गरिएर पकाएको थुक्पाले शरीरलाई ऊर्जा दिनुका साथै फाइदा गर्छ । थुक्पामा चिकेन राखेर पकाउन पनि सकिन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने तथा फरक स्वादका लागि मानिसहरू थुक्पा खान निकै रुचाउँछन् । मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि  सजिलो तरिका अपनाउन सकिन्छ ।
चाहिने सामग्री: उमालिएको थुक्पा , हड्डी नभएको चिकेन, मसिनो गरेर काटेको गाँजर, क्याप्सिकम, बन्दा, मटर, हरियो प्याज,टमाटरको पेस्ट, प्याज, लसुनअधुवाको पेस्ट, नुन, खुर्सानी, मसला, हरियो धनियाँ, बेसार, दुई चम्चा तेल, कागती
बनाउने विधि: एउटा भाडोमा तेल राखेर सानो सानो गरि काटिएको चिकेन भुट्ने, खैरो भएपछि राम्रोसँग चलाउने र फ्राइ हुन छाडिदिने र फ्राइ भएपछि चिकेनलाई छुट्टै निकाल्नु पर्छ । बचेको तेलमा प्याज, लसुन अदूवाको पेस्ट राखेर भुट्ने, त्यसपछि टमाटरमा नुन, खुर्सानी तथा मसला हालेर राम्रोसँग चलाएर पकाउनु पर्छ । टमाटर मसलासँग गल्न सुरु भएपछि माथिका सबै सब्जीहरू राम्रोसँग मिक्स गर्नुहोस् । यी सब्जीहरू काँचै खान मिल्ने भएकोले दुई–तीन मिनेट मात्रै पकाउँदा पुग्छ । सबै सब्जीहरू भुटेपछि पानी राखेर उमालेर यसमा थुक्पा राख्नुहोस् । चलाउँदै एक मिनेट पकाएपछि हरियो धनियाँ, चिकेन र कागतीको रस निचोरेर चिसोमा तात्तातो थुक्पा खानुहोस् ।

प्रतिक्रिया दिनुहोस्