Logo

च्याम्पियन्स लिगमा जेससको ह्याट्रिकसँगै सिटीको सानदार जित



Spread the love

२६ मंसिर, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित हात पारेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १०औं मिनेटमा नै डानी ओल्मोले गोल गरेका थिए । तर ३४ औं मिनेटमा म्याचेष्टर सिटीका जेसिसले बराबरी गोल फर्काए ।दोस्रो हाफमा सिटी हावी भयो । ५० औं मिनेटमा दोस्रो गोल गरेका जेसिसले चार मिनेटपछि ह्याट्रिक पुरा गरे । खेलको ८४ औं समनेटमा फोडिनले गोल गरेसँगै म्यानचेष्टर सिटी ४–१ गोल अन्तरले विजयी भएको हो ।

जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ । सिटीले ६ खेलबाट १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्