Logo

च्याम्पियन्स लिगमा रोनाल्डो र हिगुआइनको गोलसँगै युभेन्टस विजयी



Spread the love

२६ मंसिर, काठमाडौं । इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा जित निकालेको छ । युभेन्टसले घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गरेको हो ।

पहिलो पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि युभेन्टस दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । पाउलो डिबालाको पासमा ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिबालाकै पासमा हिगुआइनले गोल गर्दै युभेन्टसलाई २–० को जित दिलाएका थिए ।

जितसँगै अपराजित रहेको युभेन्टसले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । यो समूहबाट स्पेनिस क्लब एट्लेटिको मड्रिडले उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्