Logo

समूह विजेता बन्दै पीएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा



Spread the love

२६ मंसिर, काठमाडौं । उपाधि दावेदार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले समूह ‘ए’ को विजेताको रुपमा युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टर्किस क्लब गालाटासारेमाथि ५–० को सानदार जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

एकपक्षीय खेलमा पीएसजीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ३२औं मिनेट माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३५औं मिनेटमा पाब्लो सारवियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । त्यसपछि ४७औं मिनेटमा नेयमारले तेस्रो गोल गरे । ६८औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई थप बलियो बनाए । ८४औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

जितसँगै अपराजित रहेको पीएसजीले ६ खेलबाट १६ अंक जोड्यो । यो समुहबाट स्पेनिस क्लब रियल मड्रिडले उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्