Logo

पार्टनरका यस्ता बानी जसले तपाइको सम्बन्धमा दरार पैदा गराउँछ !



Spread the love

जब तपाईं सम्बन्धमा हुनुहुन्छ तपाईंहरु बीचको विश्वास नै सबैभन्दा ठूलो शक्ति हुन्छ जसले सम्बन्धलाई सधैं जीवन्त राख्न मदत गर्दछ । तर कहिलेकाँही हामी सम्बन्धमा रहँदा यस्ता काम गर्छौं जुन पार्टनरका लागि हानिकारक साबित हुन्छ ।
– झुटो बोल्नुः
हामी आफ्ना पार्टनरसँग स–साना कुरामा झुटो बोल्छौं । तर तपाईंले यसबारे बच्नुपर्छ अझ विशेषगरी तपाईंको सम्बन्ध नयाँ छ भने । किनभने सम्बन्धको सुरुवात नै झुटबाट भयो भने त्यसमा जीवनको कुनै आनन्द हुँदैन ।
-आफ्नो सुविधाका लागि सम्बन्धमा रहनुः
कहिले काँही समाजले के भन्लान् भन्दै एक अर्कासँग भित्रभित्रै झगडा गरेपनि बाहिर भने राम्रो देखाउन चाहनुहुन्छ । तर यसरी आफ्नो सुविधाका लागि सम्बन्धलाई तन्काउनुको साटो एकअर्कासँग छुट्टीएर बस्नु नै राम्रो हुन्छ । यसो गर्दा दुबैको दुःख कम हुन्छ ।
-कुरा नगर्नुः
तपाईं आपसमा झगडा गर्नुहुन्छ वा कुनै अन्य कारणले तपाईंको सम्बन्ध खराब भइरहेको छ, यसबारे कुराकानी गरेर समाधान निकाल्न सक्नुहुन्छ । कुराकानी गर्दा जस्तो सुकै ठूलो समस्याको पनि समाधान हुन्छ ।
-स्वार्थी हुनुः
यदि तपाईं सम्बन्धमा रहँदा आफ्नो मात्रै खुसी र इच्छा हेर्नुहुन्छ भने तपाईंले आफ्नो पार्टनरलाई सधैं दुःखी बनाइरहेको हुनुहुनेछ । त्यसकारण तपाईंले आाफ्नो स्वार्थीपनलाई सम्बन्धको बीचमा ल्याउनु हुँदैन । तपाईंले आफ्नो पार्टनरको कुरा, इच्छालाई बुझ्नुपर्छ र समानताको भाव राख्नुपर्छ ।
-विश्वास नगर्दाः
यदि तपाईंलाई आफ्नो पार्टनरले धोका दिइरहेको छ भन्ने लागिरहेको छ भने पार्टनरको मूड हेरेर शान्तिसँग उनीसँग कुरा गर्न सक्नुहुन्छ । कुरा नै नगरी शंका गरेर आफ्नो विश्वास नतोड्नुहोस् ।
– सम्मान नगर्नुः
आफ्नो पार्टनरलाई सम्मान नगर्नु उनीहरुलाई धोका दिनुभन्दा खराब हो । महिला–पुरुष दुबैको आ–आफ्नै व्यक्तित्व हुन्छ । त्यसकारण दुबैले सम्बन्धमा रहँदा आफ्नो साथीलाई बराबरीको अधिकार दिँदै उस्तै सम्मान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्