Logo

यस्ता रोग हुनेले मेवा नखाँदा नै उत्तम!



Spread the love

म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर जस्ता शरीरलाई फाइदा पुग्ने तत्वहरुले भरिएको मेवाको पनि बेफाइदा रहेको छ । मेवाको सेवन कुनै समयमा शरीरका लागि निकै घातक हुन्छ ।
गर्भवती महिलाका लागि
गर्भवती महिलाले मेवाको सेवन गर्दा गर्भाशयलाई संकुचित गरिदिन्छ भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्छ ।
स्तनपान गराउने महिला
मेवामा हुने पापेन (एबउबष्ल) नाम विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैगरी, बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनुहुँदैन ।
एलर्जी
क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।
ब्लड प्रेसर
मेवाले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर, मधुमेहसँगसँगै ब्लड प्रेसरको समस्या भएकाहरुले मेवाको सेवा भुलेर पनि गर्नुुहुँदैन ।
मृगौलामा पथ्थरी
मेवामा पनि उच्च मात्रामा भिटामिन सी हुने भएकाले जसले पथ्थरीको समस्या निम्त्याउँन सक्छ ।
झाडापखला
पेटमा समस्या भएको समयमा वा झाडापखला लागेको समयमा मेवाको सेवन गर्दा झन् धेरै पखाला लाग्न सक्छ ।
मुटु रोग
मुटु रोगसँग सम्बन्धित समस्याबाट गुज्रिरहनुभएको छ र औषधि सेवन गरिरहनु भएको छ भने मेवाको सेवनबाट टाढा रहनुपर्छ ।
घाँटीको समस्या
एक दिनमा एउटाभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।

प्रतिक्रिया दिनुहोस्