Logo

पीएसजीसँग एमबाप्पेले नयाँ सम्झौता नगर्ने



Spread the love

२७ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन एमबाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने भएका छन् ।पछिल्लो समय क्लबका प्रशिक्षक थोमस टुचेलसँगको खटपट सम्बन्धका कारण एमबाप्पेले क्लबको प्रस्तावलाई अस्विकार गरेको खुलासा भएको छ ।

स्पेनिस रेडियो स्टेसन क्यदेनाका अनुसार एमबाप्पेले अब रियल म्याड्रिडबाट खेल्ने मनसाय बनाएका छन् । उनीसँग परिवारको पनि यहि चाहना रहेकाले नयाँ सम्झौता नहुने प्रष्ट भएको हो ।

पीएसजी र एमबाप्पेबीच सन् २०२१ सम्म सम्झौता रहेको छ । क्लबले पटक पटक नयाँ प्रस्ताव राखेपनि उनले भने स्वीकार गरेका छैनन् । उनलाई क्लबले हाल पाइरहेको भन्दा दोब्बर रकमको प्रस्ताव गरेपनि उनले नकारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्