Logo

पदक विजेता खेलाडीहरुको नागरिक अभिनन्दन



Spread the love

 

२७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने नेपाली खेलाडी तथा प्रशिक्षकहरुको सम्मानमा आयोजित नागरिक अभिननन्दन र्‍याली सुरु भएकाे छ। पदक विजेता खेलाडीहरुलाई फूलमाला र अबिर लगाएर र्‍याली सुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका खेल पदाधिकारीले पदकधारी खेलाडीहरूलाई फूलमाला र अबिर लगाइदिएका थिए।

र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ । राष्ट्रिय खेलकुद परिषदका अनुसार पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपको प्रांगणमा आएर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्