Logo

चलचित्र ‘सेल्फी किङ्ग’ को ‘जाली रुमाल’मा केकीको आइटम डान्स (भिडियोमा)



Spread the love

निर्देशक विशाल सापकोटाले निर्देशन गरेको चलचित्रको ‘सेल्फी किङ्ग’को टिजर पछि लोकलयको गीत ‘जाली रुमाल’ बोलको गीतक सार्वजनिक भएको छ ।

भिडियोमा नायिका केकी अधिकारी र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ । उक्त गीतमा केकीको ‘आइटम डान्स’ गरेकी छन् ।  वी पाण्डेको शब्द रहेको गीतमा सुभाष भुषालको संगीत भरेका छन् । उक्त गीतमा चर्चित गायिका अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । निर्मल लामाले कोरियोग्राफी गरेका हुन् ।

गतवर्षको सफल चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका हुन्। यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्कीलाई पनि देख्न सकिन्छ ।

चलचित्रको मुख्य भूमिकामा विपिनसँगै लक्ष्मी वर्देवा, भूवन चन्द, अभय बराल, लोकमणी सापकोटा लगायतका कलाकार रहेका छन् भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन्।  यहि माघ २४ गतेदेखि देशभर प्रदर्शनमा हुँदैछ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/_sQLOkKtx3s

 

प्रतिक्रिया दिनुहोस्