Logo

फ्रेन्च लिग वानमा एमबाप्पेको दुई गोलसँगै पीएसजी विजयी



Spread the love

३० मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोली सेन्ट इटिनेमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।

खेलको ९ औं मिनेटमा पीएसजीका परेरेडेसको गोल गर्दै टोलिलाई अग्रता दिलाए । त्यसपछी खेलको ४३औं मिनेटमा एम्बाप्पेले गोल गरे । दोस्रो हाफमा खेलको ६२औं मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टी नेयमारले मिस गरे ।

त्यसपछी खेलको ७२औं मिनेटमा पीएसजीका इकार्डीले गोल गरे । त्यसपछी खेलको ८९औं मिनेटमा एम्वाप्पेले अर्को गोल गरी टिमलाई जित दिलाए ।

जितसँगै पीएसजीले १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानलाई थप पकड बनाएको छ । दोस्रो स्थानको मार्सेलीको १८ खेलबाट ३५ अंक छ । पराजित इटिनेको २५ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्