Logo

दयाहाङ र रेखाको ‘नीरफूल’को रिलिज मिति सार्वजनिक !



Spread the love

पछिल्लो समय नेपाली फिल्म हेर्ने जोकोहीको मनमुटुमा राज गरेका नायक हुन्- दयाहाङ राई । उनको नयाँ चलचित्र ‘नीरफूल’को रिलिज मिति तय गरिएको छ । फिल्मको प्रदर्शन मिति यसअघि वैशाख र भदौमा तोकिएको थियो भने उक्त फिल्म अब फागुण ३० गतेबाट रिलिज हुने भएको छ ।

धादिङ रुबी भ्यालीको एउटा परिवार भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित निर्माण गरिएको निर्माण पक्षले बताएका छन् ।

यस फिल्मको पोष्ट प्रोडक्शनमामा ढिलाई भएपछि चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको निर्देशक फूलमान वलले बताइएका छन् ।

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, रेखा थापासँगै बुद्दि तामाङ, शान्ति वाइबा, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले कलाकारको अभिनय गर्ने भएका छन् ।

प्रमोद कार्कीद्वारा छायांकन भएको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने अर्जुन पोखरेलको संगीत दिने भएका छन् । उक्त फिल्ममा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ।

प्रतिक्रिया दिनुहोस्