Logo

‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक



Spread the love

बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार साँझ चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो ।आमा सरस्वती मुभिज ब्यानरबाट बनेको चलचित्र छक्का पञ्जा २ गत बर्षको छक्का पञ्जाको सिक्वेल हो ।

ट्रेलरमा हास्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ ।  चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल , केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का, बर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार दिपकराज गिरी चलचित्रका निर्माता हुन् भने बिकाश राज आचार्य कार्यकारी निर्माता हुन् । असोज ११ गते फूलपातीको दिन प्रर्दशनको तयारीमा रहेको चलचित्रलाई दीपाश्री निरौलाले निर्दशन गरेकी हुन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/I8qrKa5uOOg

प्रतिक्रिया दिनुहोस्