Logo

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, रियल र सिटी प्रि-क्वाटरफाइनलमै भिड्ने



Spread the love

१ पुस, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा अन्तिम १६ स्थान ओगटेका क्लबहरुबीचको प्रतिष्पर्धा तालिका (ड्र) सार्वजनिक भएको छ।

उपाधि दाबेदार रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमध्ये एक क्लब अन्तिम १६ बाटै बाहिरिने भएका छन्। अन्तिम १६ मा यी दुई टोलि प्रतिस्पर्धा गर्न लागेका हुन्।

‘ड्र’ अनुसार साविक विजेता लिभरपुलले एट्लेटिको मड्रिडको सामना गर्नेछ भने चेल्सी र बार्यन म्युनिख तथा युभेन्टस र लियोनबीच प्रतिस्पर्धा हुनेछ। बार्सिलोनाले नापोलीसँग, टोटनह्यामले लिपजिङसँग र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बोरुसिया डर्टमण्डसँग अन्तिम आठमा पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्