Logo

सहिद स्मारक ए डिभिजन लिग: सरस्वती क्लबविरुद्ध एनआरटी वियजी



Spread the love

१ पुस, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा मंगलबार न्यूरोडले सरस्वती क्लबलाई ४–० ले पराजित गरेको हो ।

एनआरटी जित दिलाउने क्रममा सरोज तामाङले २ तथा जुनियर र ओआनाले समान गोल गरेका थिए । खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो।

जितसँगै एनआरटीले तीन अंक बनाएको छ । यद्यपी अघिल्लो लिगका अन्तिममा परेका कारण यसपटक एनआरटीको दुई अंक घटुवा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्