Logo

नेपाली चलचित्र ‘शुभ मंगल’मा सुरविनाको इन्ट्री



Spread the love

नेपाली हट एण्ड ग्याल्यमरस नायिका हुन् सुरविना कार्की । अहिले उनी मुम्बईमा रहँदै आएकी छिन् । उनी केही दिनमा नै नेपाल फर्किदैं छिन् । नेपाली कलाकारहरु अहिले बलिउड चलचित्र तिर आकर्षित हुँदै गैरहेका छन् र थुप्रै उदारण पनि रहेका छन् नायिका अदिती बुढाथोकी, जेनिसा केसी, श्रृष्टी श्रेष्ठ र यति बेला नायिका सुरविना कार्की पनि बलिउडतिर फट्को मरिरहेकी छिन् । मुम्बइमा रहेर संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ ।

लामो समय पछि उनी नेपाली चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् भने उक्त चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । उनले ‘लप्पन छप्पन २’ छाडेर नयाँ चलचित्र ‘शुभ मंगल’मा काम पक्का भएकी छिन् ।

चलचित्रको मुख्य भूमिकामा सुरविनासंगै कुशल थापा देखिने भएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको लाइफस्टाइल र प्रेमको कथामा चलचित्र निर्माण गरिएको छ। चलचित्रको छायांकन केही महिनापछि सुरु हुनेछ । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा हुने बताइएको छ ।मनोज अधिकारीले निर्देशन गर्न चलचित्रलाई संगम क्षेत्री र नारायण दत्तले निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्