Logo

‘चालबाज’मा केकी आउट वर्षाको इन्ट्री !



Spread the love

कैलाश राइले निर्देशन गर्न लागेको चलचित्रमा एक पछि अर्को कलाकार परिवतन भइरहेका छन् । केहि दिन पहिला नव–नायक अविनाश प्रधानको स्थानमा नायक पुष्प खड्का अनुवन्धित भएका थिए भने अहिले फेरी केकीले समय दिन नसकेपछि उनको स्थानमा नायिका वर्षा सिवाकोटीअनुबन्धित भएकी छिन्।

उनका चलचित्रले व्यापारिक हिसाबबाट असफल भए ता पनि उनी एक पछि अर्को चलचित्रमा अफर आइरहेका छन् । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘चालबाज’मा अब वर्षा देखिएकी भएकी छिन् ।

अझै चलचित्र ‘चालबाज’मा कलाकार हेरफेरको क्रम जारी रहेको निर्माण पक्षले बताएका छन् । सुरुवातमा चलचित्रमा नायिका केकी अधिकारीले काम गर्ने पक्का भएको थियो भने केकीको हाल चलचित्र ‘झिंगे दाउ’को छायांकन चलिरहेको छ ।

वर्षा अहिले रमेश वुढाथोकीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘सुदुर’को छायांकन व्यस्त रहेकी छिन् ।उक्त चलचित्रको छायांकन फागुणबाट सुरु हुनेछ भने उनको अर्को चलचित्र ‘लक्का जवान’ रिलिजको तयारीमा रहेको छन् भने यो चैत्रको २१ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको मुख्य भूमिकामा पुष्प र वर्षासँगै हाँस्य कालाकार वुद्दि तामाङ लागायतका कालाकार रहेका छन् । सौरभ लामाद्वारा छायांकन भएको चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । अरुण तामाङको लगानीमा रहेको चलचित्रलाई कैलाश राइले निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्