Logo

चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक, सुरक्षा र मिथिला यस्तो अवतारमा(हेर्नुहोस् ट्रेलर)



Spread the love

यहि फागुन ९ गते महाशिवरात्रीको अवसरमा परेर रिलिज हुन लागेको चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा अभिनेत्री नायिका सुरक्षा पन्तले ‘आमा’को लागि कपाल मुन्डन गरेकी छिन् ।

नेपाली समाजमा आमा-बाबुको निधनमा हुँदा छोराले मात्र कपाल मुण्डन गर्ने र दागबत्ती दिने मान्यता छ तर यस चलचित्रमा आमा-बाबुको निधन हुँदा छोरीले कपाल मुण्डन र आमा-बाबु चिताको दागबत्ती दिँदा स्वर्गमा बाँस पाउन भने अन्धविश्वास प्रति ब्यङ्ग गरिएको छ । चलचित्रको कथा अन्धविश्वास विरुद्ध हुने ट्रेलरले सङ्केत गर्छ । मिथिला शर्मा र सुरक्षा पन्त नयाँ अवतारमा देखिएकी छिन् ।

चलचित्रले आमा-छोरीको कथा निर्माण गरिएको निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । चलचित्रमा मिथिला ‘आमा’ र सुरक्षा ‘छोरी’को भूमिकामा देखिएकी छिन् भने यस चलचित्र सुरक्षाको भिन्न अवतार देखिएकी छिन् ।

चलचित्रमा मिथिला र सुरक्षासँगै नायक देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई निर्देशक दीपेन्द्र के खनाललेनै लेखन , छायाङ्कन र निर्देशन गरेका छन् ।

ट्रेलर हेर्नुहोस् :-

https://youtu.be/RRv_IJSQweM

 

प्रतिक्रिया दिनुहोस्