Logo

धुर्मुस र सुन्तलीको ‘सेन्टिभाइरस’को पहिलो गीत ‘फनफनी’ सार्वजनिक (भिडियोमा)



Spread the love

पछिल्लो समय फिल्मी दुनियाँबाट केही बाहिरिएर समाजसेवी तिर लागेका चर्चित हाँस्य कलाकार तथा समाजसेवी हुन्- धुर्मुस-सुन्तली । धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र ‘सेन्टिभाइरस’को पहिलो गीत ‘फनफनी’ बोलको गीत सार्वजनिक भएको छ ।


शंकर थापा (स्मिले)ले संगीत भरेको गीतमा डी.पी खनालको शब्द रहेको छ । उक्त गीतमा चर्चित गायक काली प्रसाद बास्कोट र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । गीतलाई शंकर बि सीले कोरियोग्राफर गरेका छन् ।

उक्त चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तलीसँगै नायक दयाहाङ राई, अन्जलीअधिकारी, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चलचित्र सामाजिक कथामा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको छ भने यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेको हुन् ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्र आगामी फागुन ९ शिवरात्रीको अवसरमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ‘सेन्टिभाइरस’को पहिलो गीत ‘फनफनी’ :

https://youtu.be/xv5_uD2A4YM

प्रतिक्रिया दिनुहोस्