Logo

पिपिएलमा पोखरा पल्टनको लगातार तेस्रो हार



Spread the love

४ पुस, काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ। १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो।

बुटवलका लागि अफ्ताबउद्धिन अहमदले अर्धशतक बनाए। ४६ बलको सामना गर्दै १२ चौका २ छक्काको मदतमा ७५ रन बनाएका थिए । अफ्ताबउद्धिनसँगै ओपनिङमा आएका शंकर रानाले २३ बलमा १९ रन जोडे । भिम सार्कीले १० बलमा १६ रन साथै हर्ष टन्कले ५ बलमा ६ रन बनाए।

त्यसअघि बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पोखराले पूरा २० ओभर खेल्दै ५ विकेटको नोक्सानीमा १ सय २१ रन बनायो । पोखराका लागि ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेल दुई बल खेलेर रन नबनाइ आउट भए। अर्का ओपनर इशान पाण्डेले १९ बल खेलेर १३ रन बनाए। कप्तान शरद भेषावकरले १४ बलमा ७ रन बनाए। बिनोद भण्डारीले ५ बलमा ३ रन बनाए। रोहित पौडेलले १८ बलमा १९ रन बनाए। रवि इन्दर सिंहले ४२ बलमा ४५ रन बनाए भने प्रथमेस डाकेले २० बलमा २० रन जोडे ।

बुटवलका हर्ष टन्कले दुई साथै ललित भण्डारी, शिवम सिंह र नितेश थापाले एक–एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्