Logo

बीबीएल : आज सन्दीप सम्मिलित मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दै



Spread the love

४ पुस, काठमाडौं । अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज टी–ट्वान्टी क्रिकेट बिग बास लिग (बीबीएल) क्रिकेटमा सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दै छ । मेट्रिकन स्टेडियममा हुने खेलमा मेलबर्नले ब्रिसबेन हिटसंग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार मेलबर्नले ब्रिसबेनसँगको खेलका १३ सदस्सीय टिमको घोषणा गरेको थियो । १३ खेलाडीको सूचीमा सन्दीपको नाम पनि छ ।
आज ११ खेलाडीले खेल्नेछन् ।

पहिलो खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना उत्तिकै रहेको छ । टी–ट्वान्टी क्रिकेटमा सन्दीप कम इकोनमी र विकेट लिने खेलाडीमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्