Logo

अमेरिकामा सात महिने बालक बने मयेर



Spread the love

अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति बन्न सफल भएका हुन् ।

अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चार्ल्स ‘चार्ली’ म्याकमिलन चयन भएका छन् । त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।

स्रोतको अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ । यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।

बोलीसमेत नफुटेका सात महिने बालक चार्लीलाई उनका अभिभावकले काखमा राखेर सपथ गराएका थिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले पढेर पुरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्